Nirvik Khabar

कलंकीमा स्कुटर दुर्घटना हुँदा घाइते युवतीको मृत्यु

Advertisements
Single Page Long - 2

काठमाडौँको कलंकी खसीबजार नजिक स्कुटर दुर्घटना हुँदा घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार, बिहीबार खसीबजार नजिक बा. ३५ प ९०४० स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा धादिङ घर भई ललितपुरको गोदवरीमा बस्दै आएकी ३२ वर्षीया सिर्जना आले मगर घाइते भएकी थिइन्।

गम्भीर घाइते सिर्जनालाई उपचारका लागि कलंकीस्थित सहदि मेमोरियल अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस