एक मात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा रास्वपा उम्मेदवार नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल झिनो मतान्तरले विजयी भएका छन्।
उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइँटेललाई केवल ५ मतले उछिन्दै विजयी भएका हुन्।
निर्वाचन आयोगका अनुसार विजयी पोखरेलले १३,९५३ मत ल्याएका छन् भने पराजित लुइँटेलका पक्षमा १३,९४८ भोट खसेका छन्।सुरुवाती मतगणनामा केही पछि परे पनि पोखरेलले अन्तिम समयमा ५ मतको झिनो मतान्तरले जित सुनिश्चित गरेका हुन्।

































Discussion about this post