Nirvik Khabar

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला, पुग्यो सेनाको टोली

Advertisements
Single Page Long - 2

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग (स्ट्रिट ४१) मा रहेको होटल फेवा सुट्सको मूल ढोकाअगाडि शंकास्पद वस्तु देखिएको हो।स्थानीयले सडकको छेउमा बेवारिसे झोलाभित्र प्रेशर कुकरजस्तो देखिने वस्तु फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै कास्की जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामको टोलीले उक्त क्षेत्रलाई घेरा हाली आवतजावत बन्द गराएको थियो।

घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर जाँचबुझ सुरु गरिसकेको छ। प्रत्यक्षदर्शीका अनुसार एउटा झोलाभित्र स्टीलको भाँडो भेटिएको र त्यसलाई बम हुनसक्ने आशंकामा सेनाले प्राविधिक परीक्षण गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सुरक्षा सतर्कताका लागि उक्त मार्गलाई पूर्ण रूपमा ‘सिल’ गरिएको छ।पछिल्लो समय नेपालमा राजनीतिक दलहरूका विभिन्न विरोध कार्यक्रम र निर्वाचनका गतिविधिहरू बढिरहँदा सार्वजनिक स्थलहरूमा सुरक्षा चुनौती थपिएको छ। विशेषगरी पर्यटकीय केन्द्र पोखरामा यस्ता शंकास्पद वस्तु फेला पर्दा आन्तरिक तथा बाह्य पर्यटकहरूको सुरक्षालाई लिएर सुरक्षा निकायले उच्च सतर्कता अपनाउने गरेको छ।

नेपाली सेनाको टोलीले रोबोट वा रिमोट कन्ट्रोल प्रविधि प्रयोग गरी उक्त वस्तुको पहिचान गर्ने तयारी गरेको छ। हालसम्म कुनै पनि समूहले उक्त वस्तु राखेको जिम्मेवारी लिएको छैन। प्रहरीले सीसीटीभी फुटेजमार्फत शंकास्पद व्यक्तिको खोजी कार्य तीव्र पारेको छ।“लेकसाइडको लालुपाते मार्गमा शंकास्पद वस्तु भेटियो भनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। विस्फोट पदार्थ भएको शंकामा नेपाली सेनाको टोली घटनास्थलमा गइसकेको छ” कास्की जिल्ला प्रहरी कार्यालयले भन्यो, “समयमै वास्तविकता थाह भइहाल्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस