Nirvik Khabar

निर्वाचनका लागि मोरङमा तयारी पूरा

Advertisements
Single Page Long - 2

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले जनाएको छ ।मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका, घेराबारा लगायत सामग्रीहरू सम्बन्धित मतदान केन्द्रमा पठाइएको छ भने मतदान स्थल निर्माण गर्ने कार्य पनि सुरु भएको छ ।

फागुन २० गते सम्म सबै मतदान स्थलहरूमा मतदान केन्द्र बनाई सक्ने तयारी रहेको छ । मतदान अघि नै राजनीतिक दलका प्रतिनिधिहरूको सहमतिमा मतदान स्थलको मुचुल्का, मौन अवधि र अन्य सुरक्षाका विषयमा सहमति गरी सूचना निकाल्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङका सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई एकीकृत सुरक्षा योजना अनुसार गाँउगाँउमा परिचालन गरिएको छ । मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेका छन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ८ सय ९० वटा मतदान केन्द्रहरु राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस