इरानको ड्रोन हमलामा परी युनाइटेड अरब इमिरेट्स(युएई)मा मारिएका नेपाली नागरिकको परिचय खुलेको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार मृतक गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको युएईको विदेश मन्त्रालयबाटद जानकारी प्राप्त भएको खुलाएको छ ।
‘अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली नागरिक श्री दिवस श्रेष्ठ (वर्ष २९, घर गोर्खा जिल्ला) को दु:खद निधन भएको सम्बन्धमा युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,’ राजदूतावासले भनेको छ ।


































Discussion about this post