भरतपुर – राधा कृष्ण मध्यवर्ती सामुदायिक वनको २१औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कार्यक्रममा मेघौली उपभोक्ता समितिका अध्यक्ष श्री माया राम महतो प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। साथै वनका पूर्व अध्यक्षहरू, लेखा समितिका पदाधिकारीहरू विशिष्ट अतिथि तथा अतिथिको रूपमा सहभागी भएका थिए।
वन उपभोक्ताहरूको बाक्लो उपस्थितिमा सम्पन्न सभामा समितिका अध्यक्ष श्री वेद निधि सुवेदीले वार्षिक कार्य विवरण प्रस्तुत गरेका थिए। त्यस्तै आर्थिक प्रतिवेदन लेखा समिति सदस्य श्री हरी बहादुर आचार्यले प्रस्तुत गरेका थिए।
पश्चिम चितवनस्थित राधा कृष्ण मध्यवर्ती सामुदायिक वन वन्यजन्तुको महत्वपूर्ण आश्रयस्थलका रूपमा परिचित रहेको र पर्यापर्यटनको दृष्टिले समेत प्रख्यात बन्दै गएको बताइएको छ। कार्यक्रममा पर्यापर्यटनसम्बन्धी जानकारीमूलक श्रव्य–दृश्य सामग्रीसमेत प्रस्तुत गरिएको थियो।
कार्यक्रमकै अवसरमा वातावरण, वन्यजन्तु तथा सर्प संरक्षणमा योगदान पुर्याएको भन्दै संरक्षणकर्मी श्री मनेश कुमार लिम्बुलाई दोसल्ला ओढाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।वनका अध्यक्ष श्री वेद निधि सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव वेद कुमार महतोले सञ्चालन गरेका थिए।


































Discussion about this post