Nirvik Khabar

चितवनलाई कोल्ड स्टोरमा तरकारी स्टोर गर्ने हब बनाउनुपर्छ: बालेन्द्र शाह

Advertisements
Single Page Long - 2

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चितवनलाई तरकारीलाई कोल्ड स्टोरमा राख्ने हब बनाउने बताएका छन्।

शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले किसानले तरकारी फाल्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए। भारतमा अनेक अनुदान पाउने किसानले उत्पादन गरेको तरकारी ल्याएर स्थानीय किसानको तरकारी महंगो बनेर फाल्नुपर्ने अवस्था आएको उनको भनाइ थियो। ‘यसरी किसानलाई मार्ने काम रोक्नु जरुरी छ,’ उनले भने।

चितवनमा मात्रै नभएर देशभरीको तरकारी स्टोर गर्ने कोल्ड स्टोर बनाउन सकिने उनको भनाइ थियो। ‘तरकारीको कोल्ड स्टोरेजमा स्टोर गर्ने हब बन्न सक्छ, चितवन त्यो बनाउने पाटर्ठी हो राष्ट्रिय स्वतन्त्र पार्टी,’ शाहले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस