Nirvik Khabar

चुनावको मुखमा रास्वपा जिल्ला सभापति नै कांग्रेसतिर

Advertisements
Single Page Long - 2

 चुनाव आउन केही दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने क्रम रोकिएको छैन ।पछिल्लो पटक रास्वपा नवलपरासी (बर्दघाट सुस्तापूर्व) का जिल्ला सभापति महेन्द्रसिंह ठकुरी नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।बिहीबार बर्दघाट नगरपालिका-१२ चौपत्तामा आयोजित चुनावी सभामा उनलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले स्वागत गरेका छन् ।

ठकुरी रास्वपाका संस्थापक जिल्ला सभापति पनि हुन् । तर फागुन २१ का लागि भएको टिकट वितरणलाई लिएर उनी असन्तुष्ट थिए ।ठकुरीले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा १२ हजार ४९९ मत प्राप्त गरेका थिए। चुनावको मुखमा ठकुरीले पार्टी छाडेर कांग्रेस प्रवेश गरिदिँदा रास्वपाले धक्का ब्यहोर्नुपरेको छ।

रास्वपाले त्यहाँ कांग्रेस लुम्बिनी प्रदेशका पूर्वमहामन्त्री विक्रम खनाललाई टिकट दिएको छ । अहिले खनाल कांग्रेस नेता विनोद चौधरीविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।यसअघि उनका दाजुले पनि रास्वपा छाडेका छन् । सुस्ता गाउँपालिकाका उपसभापति ठकुरीका दाजु गुप्तसेनले रास्वपा छाडेको घोषणा गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस