Nirvik Khabar

इटहरीवासीलाई बालेनको प्रश्न- चिया कहाँको खानुभयो ? तरकारी त पारीको होला ?

Advertisements
Single Page Long - 2

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले देशभित्र सम्भावनाअनुसारकै उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बताएका छन् । मंगलबार सुनसरीको इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् ।

‘चिया पिउनुभयो ? चिया कुन ठाउँको पिउनुभयो ? इलाम दमकको चिया,’ बालेनले प्रश्न गर्दै भने, ‘खाना खानुभयो ? बिहान खानाका तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको खानुभयो ।’तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी इटहरीवासीले खान नपाएको उनले दाबी गरे । ‘हाम्रै पूर्वी पहाडको तरकारी यही मुनि झापा, सुनसरी विराटनगरमा खान पाइएको छैन । यो दुखको कुरा हो, यो दुखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी,’ बालेनले भने ।

पूर्वी तराईका तीनचार वटा जिल्लाको पूर्ण सम्भावनामा धान उत्पादन गर्नसके सिंगो देशभरी खुवाउन सकिने बताउँदै उनले रास्वपाले त्यही चाहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस