काठमाडौं – गलत प्रचार गरेको आरोपमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । विभिन्न सामाजिक सञ्जालमार्फत् नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासबाट घर जलाइनु भन्दा दुई दिन पहिले नै दुई वटा ट्रकमा दुई करोड रुपियाँ लगेर लुकाइएको भन्दै गलत प्रचार गरेको भन्दै उजुरी परेको हो । झुठ्ठा सामग्री प्रवाह गरेर चरित्रहत्या समेत गरिएको भन्दै उजुरी दिइएको हो । सामाजिक संजालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरेको भन्दै सचिवालयले साइबर ब्यूरोमा उजुरी दिएको हो।
































Discussion about this post