Nirvik Khabar

मनकामना अस्पतालको बदमासी : बिरामी बाट उठायो बिमा सहित दोहोरो शुल्क

Advertisements
Single Page Long - 2

भरतपुर -भरतपुर स्थित मनकामना अस्पतालले वीमा कार्यक्रमबाट वीमित र राज्यलाई नै ठगी गरेको पुष्टि भएपछि स्वास्थ्य विमा वोर्डले तत्कालका लागि कार्यक्रम रोकेको छ । बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले मनकामना अस्पतालबाट भएको विरामीको उपचारपछिको भुक्तानी दावी झुटो रहेको पाइएपछि ३ महिनाका लागि सेवा रोकिएको जानकारी दिए । ‘तत्कालका लागि ३ महिना सेवा रोक्न भनेका छौं, थप अध्ययनबाट अरु दोषी देखिए कार्यक्रम नै खारेज गर्ने सम्मको प्रक्रिया हुन्छ, कार्यकारी निर्देशक काफ्लेले भने,‘वीमा वापतको उपचारमा अस्पतालले मनोमानी गरेको पाइयो ।’
गुनासो आएपछि केही महिना अघि वोर्डले अस्पतालको अनुगमन गरेको थियो । विमितबाट पनि पैसा लिने र वोर्डबाट पनि दावी गर्ने अर्थात् दोहोरो भुक्तानी दावी देखिएपछि कारवाही स्वरुप सेवा स्थगन गरिएको उनले बताए । विमितबाट पैसा असुलेको पुष्टि भएपछि आफूहरुले सम्बन्धित विमितलाई पैसा फिर्ता गर्न पनि निर्देशन दिइसकिएको उनको भनाइ छ ।
चितवनमा हाल चितवन मेडिकल कलेज, वघौडा अस्पताल माडी, बकुलहर अस्पताल, भण्डारा अस्पताल, भरतपुर आँखा अस्पताल, भरतपुर अस्पताल, वीपी कोइराला क्यान्सर अस्पताल, पूरानो मेडिकल कलेज, गुञ्जमान सिं अस्पताल रत्ननगर, कालिका नगर अस्पताल, खैरहनी नगर अस्पताल, शिवनगर प्राथमिक स्वास्थ्य केन्द, इच्छाकामना अस्पताल, ले हाल स्वास्थ्य वीमा कार्यक्रम चलाइरहेका छन् ।
स्वास्थ्य वीमा आवद्ध हुने प्रत्येका परिवारले ५ जनासम्मको वार्षिक ३ हजार ५ सय र सो माथि परिवार सदस्य रहेमा प्रत्येकको थप ७ सय रुपैयाँ लाग्छ । वीमा सेवा लिने व्यक्ति आफैले सरकारी अस्पतालमा उपचार गराएमा १० प्रतिशत र निजी अस्पतालबाट उपचार गराएमा २० प्रतिशत रकम तिर्नुपर्छ । जसलाई वीमा बोर्डले सहभुक्तानी भनी परिभाषित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस