Nirvik Khabar

भीम रावललाई सुध्रिने मौका पनि दिएकै हौं: महासचिव पोखरेल

Advertisements
Single Page Long - 2

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अनुशासन विपरीतका कार्यहरू गर्दा पूर्वउपाध्यक्ष भीम रावललाई सुध्रिने मौका पनि दिएको बताएका छन्।शुक्रबार प्रेस चौतारीले चितवनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले पार्टीमा रहँदा भीम रावलका गतिविधिहरू अनुशासन विपरीतका रहेपनि सुध्रने मौका दिइएको बताएका हुन्।

‘संसदभित्र संसदीय ह्वीप अत्यन्त महत्त्वपूर्ण मानिन्छ। ह्वीप उल्लंघन गर्‍यो भने स्वतः कारबाहीको भागीदार हुन्छ। संसदभित्र एमाले के गर्दै थियो, उहाँ के गर्दै हुनुहुन्थ्यो भन्ने त सबैले थाहा पाएकै विषय हो। त्यसका बाबजुद पनि उहाँलाई सुध्रिने मौका दिएका हौं,’ महासचिव पोखरेलले भने।

उनको गतिविधि पार्टी अनुशासन विपरीतका रहेका कारण स्पष्टीकरण समेत सोधिएको महासचिव पोखरेलले बताए।’कुनै विषयमा चित्त बुझेन र पार्टीले प्रश्न गर्‍यो स्पष्टीकरण सोध्यो भने रेस्पोन्स गर्नुपर्‍यो। रेस्पोन्स गर्दै नगरेपछि उहाँ आफै बाहिरिएको हो भन्ने प्रमाणीत हुन्छ,’ महासचिव पोखरेलले भने।

रावलले गरेका कुराहरू अनुशासनका दायराभन्दा बाहिर छन् भन्ने कुराको प्रमाण जुटाउनै नपर्ने पनि पोखरेलको भनाइ छ।’सबै देखिएकै छ, जुटाइरहनै पर्दैन,’ उनले भने।भीम रावल आफू जिम्मेवारी रहेको ठाउँमा भने कार्यकर्ताहरूलाई जंगी अनुशासनमा राख्न खोज्ने खालका रहेको पनि उनले बताए।’थोरै असहमति भयो भने कारबाही गर्ने खालका हुनुहुन्छ। आफूले जिम्मेवारी लिएका ठाउँमा। आफ्नो जिम्मेवारी लिएको ठाउँमा जंगी अनुशासन लगाउने मान्छेले आफू चाहीँ अनुशासनको पालना गर्नुपर्दैन?,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस