Nirvik Khabar

भारत र चीनबीच सीमामा गस्ती गर्ने सहमति, एलएसीमा २०२० पूर्वको अवस्था पुनर्स्थापित

Advertisements
Single Page Long - 2

काठमाडौं । भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा (एलएसी)मा सेनाको गस्ती गर्ने विषयमा सहमति भएको छ । रुसमा २२–२३ अक्टोबरमा हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रस्थान गर्नुअघि सोमबार विदेश मन्त्रालयले यो घोषणा गरेको हो ।

भारत–चीन सम्बन्धका कतिपय विज्ञहरू चीनसँग विगतमा पनि यस्ता सम्झौता भएको बताउँछन् । तर, त्यसपछि चीन आक्रामकरूपमा प्रस्तुत भएको थियो  । यस सम्झौताको विस्तृत जानकारी अहिलेसम्म बाहिर आएको छैन । चीनले पनि यसबारे कुनै विज्ञप्ति जारी गरेको छैन । सहमतिलाई दुई देशको सम्बन्ध सामान्य बनाउन महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ ।

सोमबार भारतका विदेश सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनमा भारत र चीनबीच विगत केही सातादेखि भएको कूटनीतिक र सैन्य तहको वार्ताको नतिजास्वरूप ‘डिसइन्गेजमेन्ट’ सहमति भएको बताए । भारतका विदेशमन्त्री एस जयशंकरले पनि सोमबार निजी न्युज च्यानल एनडीटीभीको कार्यक्रममा भनेका थिए, “सन् २०२० मा भारतीय सैनिकले चीनसँगको सीमामा जहासम्म गस्ती गर्न पाउँथे, त्यहाँसम्म गस्ती गर्न फेरि सक्ने छन् ।”

तनाव कम गर्ने उद्देश्यसहित भारत र चीनबीचको वार्ता सकिएको उनले जनाएका थिए । दुवै पक्ष सहमतिमा पुगेको र थप जानकारी आगामी दिनमा दिँदै जाने बताएका थिए ।“एलएसीमा २०२० पूर्वको अवस्था पुनर्स्थापित हुने छ । यो महत्त्वपूर्ण विकास हो । तर, अहिले नै यसको पूर्ण प्रभावको मूल्यांकन गर्नु चाँडो हुने छ । यसका लागि हामीले पर्खनुपर्ने छ,” उनले भने ।

बीबीसीबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस