Nirvik Khabar

दसैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारीमा व्यवसायी

Advertisements
Single Page Long - 2

यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँका लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने भएको छ। महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बैठक बसेर औपचारिक रूपमै अग्रिम टिकट काट्ने व्यवस्था स्थगित गर्न लागिएको जानकारी दिए।

सबै सडक अवरुद्ध भएकाले काठमाडौँबाट यात्रु लिएर गन्तव्यतिर जाने अवस्था नभएकाले अग्रिम टिकट बुकिङ बन्द गर्न लागिएको उनले बताए।

सोमबार पृथ्वीराजमार्ग हुँदै गएका गाडी र यात्रु बीच बाटोमै अलपत्र परेकाले अग्रिम टिकट काटेर बस गुडाउन सक्ने अवस्था नरहेको उनको भनाई छ। उनले बीचबाटोमै अलपत्र परेका गाडीका चालक र सहचालकले नै पानी र खाना नपाएको गुनासो आएको बताए।

‘टिकट काटेर के गर्नु? यात्रुलाई गन्तव्यमा पुर्याउन नपाएपछि पैसा फिर्ता गर्नुपर्छ,’ नेपालखबरसँग उनले भने, ‘घटस्थापनाबाटै यात्रुको भिड हुन्छ। गएको बस फिर्ता नआए कसरी यात्रु लैजाने?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस