Skip to main content

Nirvik Khabar

सिल्भर फुटबल क्लब द्वारा झर्ना फुटबल क्लब पराजित

Advertisements
Single Page Long - 2

कालिका– सिल्भर फुटबल क्लब गैंडाकोटले झर्ना फुटबल क्लब कालिका-८ लाई  पराजित गरेेको छ । कालिकामा जारी प्रथम युवा संघ नेपाल कप खुल्ला फुटबल प्रतियोगितामा आइतबारभएको खेलमा  झर्ना फुटबल क्लब कालिका ४-०  गोलले पराजित भएको हो ।

खेल कालिका-७ सगुन विकास समाजको खेल मैदानमा भएको थियो।  प्रतियोगिताको अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल चितवन कालिका वडा नं ७ का अध्यक्ष रुपेस सुनारले गरेका थिए ।

प्रमुख  अतिथि राष्ट्रिय युवा संघ नेपाल चितवनका सह-सचिव पूर्ण महतो (निशान) ले खेलको महत्त्व र खेलाडीको हितमा संघको प्रतिबद्धता व्यक्त गरे। उनले रचनात्मक गतिविधिहरूले राष्ट्रलाई चिनाउने कुरामा पनि जोड दिए।

प्रतियोगिता आगामी वर्ष पनि जारी रहने योजना रहेको चितवनका कालिका नगरपालिका अध्यक्ष जीवन थापा मगरले बताए। भोलिको खेल लामा स्पोर्टस फुटबल क्लब र न्यु स्टार फुटबल क्लब कालिका-८ बीच हुनेछ। खेलमा कुल १२ टोली सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस