काठमाडौँ । ब्रजिलमा विमान दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित सबै ६१ जनाको मृत्यु भएको छ । ब्रजिलको साओपाउलोमा ५७ यात्रु र चालक दलका चार सदस्य बोकेको विमान दुर्घटना हुँदा सवार सबै ६१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
वोएपास एयरलाइन्सका अनुसार दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्काभेलबाट साओपाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो ।पहिले उक्त विमानमा ६२ जना भएको बोएपासले बतएको भए पनि पछि भने ६१ जना भएको पुष्टि गरेको थियो ।
दुर्घटनामा परेको विमान दुर्घटनाको डेढ मिनेट पहिले नै उचाइ लिन छाडेको थियो । सीएनएनको रिपोर्टअनुसार उडान ट्रेकिङ डेटाबाट पत्ता लागेअनुसार स्थानीय समय दिउँसो १ः२१ बजेसम्म जहाजले १७ हजार फिटको उचाईमा उडिरहेकामा त्यसको १० सेकेन्डमै लगभग २५० फिट तल झरेको थियो । एक मिनेटमै लगभग १७ हजार फिट तल खसेको जनाइएको हो ।


































Discussion about this post