काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित भेटवार्ताका निम्ति नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । सोमबार बिहान उनी बालुवाटार पुगेका प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताद्वयबीच समसामयिक विषयमा छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच हिजो पनि भेटवार्ता भएको थियो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजोको भेटवार्तामा उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि सहभागी भएका थिए ।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गएको शनिबार ओलीनिवास बालकोट पुगेका थिए । त्यसयता नेतहरूबीचको भेटवार्ता र छलफल बाक्लिएको छ ।
































Discussion about this post