Nirvik Khabar

जीवी राई राज्यका निकाय र संयन्त्रलाई प्रभावमा पारेर भागेको रविको स्वीकारोक्ति

Advertisements
Single Page Long - 2

काठमाडौँ : गृहमन्त्री रवि लामिछानेले सरकारी रकम अपचलनमा फरार रहेका जीवी राई राज्यका निकाय र संयन्त्रलाई प्रभावमा पारेर देशबाट बाहिरिएको बताएका छन्। उनले संसद्मा जीवी राई पक्राउको प्रक्रियाबारे उठेका प्रश्नको जवाफ दिँदै जीवी पक्राउको विषय आफ्ना लागि पनि व्यग्र प्रतीक्षाको विषय रहेको बताए।

गृह मन्त्रालयबारे संसद्मा उठेका प्रश्नको उत्तर दिने क्रममा जीवी फरार भएको ११ महिना भएको र आफू गृहमन्त्री भएको तीन महिना मात्र भएको भन्दै आकाशमा भए पनि, पातालमा भए पनि पक्राउ गर्ने आफ्नो वाचामा कायम रहेको दाबी गरे।जीवी राई फरार भए पछि उनी सहित १९ जनाको नाममा पक्राउ आदेश जारी भएको र पाँच जना मात्र पक्राउ परेको, राई मलेसिया पुगेको सूचनाको आधारमा २०८० माघ १२ मा डिफ्युजन नोटिस र माघ २५ मा रेड नोटिस जारी भएको बताए।

जिवीलाई नेपाल ल्याउने बारेमा मलेसियाको गृहमन्त्रीसँग दुई पटक संवाद गरेको र समस्या हल गर्न दुवै देशका सरकारी निकायका अधिकारी संवादमा रहेको उनले बताए।मलेसियासँग नेपालको सुपुर्दगी सन्धि नभए पनि मलेसियाको सुपुर्दगी कानुन अनुसार सन्धि नभएको देशले आग्रह गरेमा पठाउन सक्ने प्रावधान रहेको आधारमा जिवीलाई नेपाल ल्याउने प्रयास भइरहेको उनले जानकारी दिए।

२५ काण्डको छानबिन गर्न आयोग गठन हुने
गृहमन्त्री रविले संसद्मा हिजोका दिनमा भएका २५ वटा ठुला भ्रष्टाचार काण्डहरूको छानबिन गर्न शक्तिशाली आयोग बन्न लागेको जानकारी गराए।त्यसका लागि बजेटको व्यवस्था हुन लागेको र सो व्यवस्था भए लगत्तै आयोग बन्ने उनले बताए।

पतञ्जलि आयुर्वेदको फाइल खुलेको बताए पनि तर के बारे खुलाएनन्। पतञ्जलिले हदबन्दी छुटमा लिएको जग्गा बेचेको सार्वजनिक भएको थियो।गिरिबन्धु टी स्टेटबारे उजुरी माग्न सदनमा कुरा उठ्नु अगाडि नै सिआइबीलाई निर्देशन दिएको र ब्युरो उजुरीको प्रतीक्षामा रहेको उनले बताए।

अदालतबाट आएको आदेशको आधारमा छानबिन नगरी किन उजुरी कुर्नुपर्यो भन्ने सांसद रामहरि खतिवडाको प्रश्नमा अदालतको आदेशको सन्दर्भमा अक्षरशः कार्यान्वयन हुने तर आफूले जग्गा किनबेचमा कोही ठगिएको भए उजुरी लिएर छानबिन गर्ने प्रसङ्गमा भनेको बताए।

उनले सदनमा ६० किलो सुन तस्करीको अनुसन्धान जारी रहेको, टिकापुर जग्गा, बाँसबारीसँगै नक्कली भुटानी शरणार्थीबारे समेत दोस्रो चरणको अनुसन्धानको फाइल खोल्ने दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस