Nirvik Khabar

गृहमन्त्रीले संसद्‍मा बोल्न पाउनुपर्छ, त्यसपछि समिति बनाउन तयार छौँ : उपसभापति अर्याल

Advertisements
Single Page Long - 2

काठमाडौं– सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधि सभामा बोल्न पाउनुपर्ने माग दोहोर्‍याएका छन् ।

सहकारी ठगी प्रकरणको आरोप सामना गरिरहेका उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई संसद्‍मा बोल्न दिन कांग्रेस लचिलए भएको अवस्थामा श्रममन्त्रीसमेत रहेका अर्यालले यस्तो बताएका हुन् ।

अर्यालले बिहीबार दिउँसो खबरहबसँग संक्षिप्त कुरा गर्दै अपरान्ह ४ बजे बस्ने संसद् बैठकमा गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्ने माग गरे । ‘आरोप लागिसकेपछि पहिला हाम्रो एक पटक कुरा सुनियोस् । त्यसपछि समिति बनाउनुपरे बनाउँला । त्यसपछि हामी नै समितिको माग गर्न सक्छौँ कि !’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस