Skip to main content

Nirvik Khabar

आईपीएलमा राजस्थानको पहिलो हार, अंक तालिकामा शीर्षस्थान कायमै

Advertisements
Single Page Long - 2

इन्डियन प्रिमियर लिग (आइपिएल)को जारी संस्करणमा राजस्थान रोयल्सले पहिलो हार ब्यहोरेको छ। बुधबार राति गुजरात टाइटन्सले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो।

जारी सिजनको चार खेलसम्म अविजित रहेको राजस्थानले गएराति १९६ रनको योगफल तयार पारेको अवस्थामा पनि पराजय ब्यहोरेको हो। राजस्थानले दिएको १९७ रनको लक्ष्य गुजरातले अन्तिम ओभरमा १५ रन प्रहार गरी पूरा गर्‍यो।

त्यसक्रममा रसिद खानले तीन चौका प्रहार गरे। पाँचौं बलमा राहुल टेवाटिया रन आउट भएका थिए। अन्तिम बलमा २ रन आवश्यक रहेकोमा रसिद खानले चौका प्रहार गरी गुजरातलाई जित दिलाएका थिए।

११ बल खेलेका उनी ४ चौका प्रहारबाट २४ रन जोड्दै नट आउट रहे। कप्तान शुभमन गिलले ४४ बलमा ६ चौका र २ छक्का प्रहार गरी ७२ रन बनाए। ओपनर साई सुदर्शनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरी ३५ रन बनाए।

राहुल टेवाटियाले २२, विजय कुमारले १६ र शाहरूख खानले १४ रनको योगदान गरे। बलिङतर्फ राजस्थानका कुलदीप सेनले ३, युजवेन्द्र चाहलले २ र अवेश खानले एक विकेट लिए।

सवाई मानसिंह स्टेडियममा पहिले ब्याटिङ गरेको राजस्थानले ३ विकेट मात्र गुमाएर १९६ रनको योगफल तयार पारेको थियो। त्यस क्रममा कप्तान सन्जु सामसन ६८ रन बनाएर नट आउट रहे। उनले ३८ बलमा ७ चौका र २ छक्का हाने।

त्यस्तै ५ बल खेलका सिम्रोन हेटमेयर १ चौका र १ छक्का प्रहार गरी १३ रन बनाएर नट आउट रहे। त्यसअघि रियान परागले ७६ रन बनाएका थिए। उनले ४८ बलमा ३ चौका र ५ छक्का प्रहार गरे।

पाँचौं खेलमा पराजित भए पनि अंकतालिकामा राजस्थानको शीर्षस्थान कायम छ। राजस्थानको ८ अंक छ। एक खेल कम खेलेको कोलकाता नाइट राइडर्स ६ अंकका साथ दोस्रो स्थानमा छ। ६ खेल खेलेको गुजरात ३ जित र ३ हारसहित ६ अंक बनाएर छैटौं स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस