Skip to main content

Nirvik Khabar

जो हरेक खेलमा श्रीलङ्काको झन्डा फहराउँथे

Advertisements
Single Page Long - 2

काठमाडौँ । वन-म्यान चियर लिडर र अन्तर्राष्ट्रिय खेलहरूमा स्थायी उपस्थिति जनाउने ‘सुपर फ्यान’ को निधनप्रति श्रीलङ्काका क्रिकेट खेलाडी तथा समाचारपत्रहरूले मङ्गलबार शोक व्यक्त गरेका छन् ।

सतासी वर्षीय पर्सी अबेसेकराको छोटो बिरामपछि सोमबार राजधानी कोलम्बो बाहिरको एक अस्पतालमा निधन भएको उनको परिवारले जनाएको छ ।श्रीलङ्काका पूर्व कप्तान माहेला जयावर्धनेले अबेसेकरा ‘श्रीलङ्काली क्रिकेटरहरूको थुप्रै पुस्ताका लागि वास्तविक १२औँ खेलाडी’ रहेको बताए ।

“उन मेरो सम्पूर्ण करियरको समयमा हुनुहुन्थ्यो, हाम्रो हौसला बढाउनुहुन्थ्यो, देशको झन्डा फहराउनुहुन्थ्यो र जिते वा हारे पनि सधैँ हामीलाई हँसाउनुहुन्थ्यो”, जयावर्धनेले भने, “हामी सधैँ तपाईँलाई सम्झिने छौँ ‘पर्सी अङ्कल’ ।”

अर्का पूर्व कप्तान कुमारा सङ्गाकाराले अबेसेकरा पनि खेलाडीहरूजस्तै श्रीलङ्का क्रिकेट टिमको हिस्सा भएको बताए । “मेरो डेब्युदेखि लिएर अन्तिम खेलसम्म अङ्कल पर्सी निरन्तर हुनुहुन्थ्यो, श्रीलङ्काको खेलमा उनको योगदान जर्सी लगाएको कुनै पनि खेलाडी बराबर छ”, उनले भने ।

सन् १९९६ को विश्वकप विजेता श्रीलङ्का टिमका सदस्य सनथ जयसुरियाले सामाजिक सञ्जाल एक्समा भनेका छन्, “हाम्रा प्रिय अङ्कल पर्सीले आफ्नो भगवान्लाई भेट्नुभएको छ भन्ने सुन्दा धेरै दुःख लागेको छ, तपाईँ पहिला सुपर फ्यान हुनुहुन्थ्यो र हामी सबैका लागि तपाईँ सधैँ विशेष रहनुहुनेछ ।”

जारी विश्वकपमा सोमबार अफगानिस्तानसँग श्रीलङ्काको हारपछि स्पिन बलर महेश तीक्षणाले भने, “म केटाकेटी हुँदा उहाँ खेलमा मुख्य व्यक्ति हुनुहुन्थ्यो, उहाँले झन्डा फहराएको मैले देखेको थिएँ, त्यसैले टिमको एउटा सदस्यका नाताले यस्तो समाचार सुन्दा निराश छु ।”

डेली एफटी अखबारले भनेको छ, “पर्सीले आफ्नो जीवन र आत्मा खेललाई सुम्पिनुभयो र उन आफैँमा एउटा किंवदन्ती हुनुहुन्थ्यो ।”सन् १९८२ मा इङ्गल्यान्डविरुद्ध टेस्ट डेब्युपछि अबेसेकरा श्रीलङ्काका खेलहरूमा लगातार उपस्थित भए । “म पर्सी हुँ, क्रिकेटको पागल हुँ तर अल्छी क्रिकेटर, दर्शक र प्रशासकहरूप्रति मलाई कुनै दया छैन”, उनलाई सम्झँदै एफटीले भनेको छ ।

उनले इङ्गल्यान्डका ब्याट्सम्यान क्रिस टावरेलाई श्रीलङ्काको झन्डा समातेर राजधानी कोलम्बोको पी सारा ओभलको पिचमा लगेका थिए ।उनका नाति र नातिनीको नाम वेस्ट इन्डिजका महान् खेलाडी गेरी सोबर्स र भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरको नाममा गारफिल्ड र सचिनका राखिएको छ ।

युवावस्थामा अबेसेकराले सन् १९४८ मा डन ब्राडम्यानलाई कोलम्बो ओभलमा खेलेको हेरेका थिए। करिब आधा शताब्दीपछि श्रीलङ्काले लाहोरमा अस्ट्रेलियालाई हराएर ५० ओभरको विश्वकप जितेको पनि उनले हेरे ।

यो उनको जीवनकालमा क्रिकेटका हाइलाइटहरूमध्येको एक हो ।न्युजिल्यान्डका पूर्व कप्तान मार्टिन क्रोले एकपटक उनलाई आफ्नो म्यान अफ दि म्याच पुरस्कार दिएका थिए । सन् २०१५ मा भारतले श्रीलङ्का भ्रमण गरेका बेला विराट कोहलीले उनीसँग अँगालो मारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस