सन् २०१९ को वसन्त ऋतु। अष्ट्रेलियाका दमकल प्रमुख ग्रेम मुलीयन्सले कुनै दिन त्यहाँका हरेक सहर दनदनी बल्ने दिन पनि आउन सक्ने चेतावनी दिएका थिए। उनीसँग धेरैले सम्पर्क गरेका थिए। उनले त्यसपछिका गृष्म ऋतुहरू कुन रूपमा जानसक्छ भनेर एउटा प्रस्ट चित्र कोरिदिएका थिए। उनको आवाजका सामु धेरै जना सरोकारवाला सुन्दै नसुन्ने जस्तै बने। तर उनको अनुमान सही साबित भयो।
त्यसपछि एकै महिनामा २४ मिलियन हेक्टरमा आगो लाग्यो। त्यो भूगोल भनेको बेलायत बराबर नै रहेछ। दुई हजार पाँच सय घर जले। आगोको मुस्लो र धुवाका कारण ४ सय ८० जनाको ज्यान गयो।
यो वर्ष गृष्म ऋतु अब १० दिन बाँकी छ। त्यसै वर्षको जस्तो अवस्था छैन। तर गर्मीको कीर्तिमान नै बनिसकेको छ। जङ्गलमा झाडीहरू दन्कन थालिसकेका छन्। मानिसहरू आत्तिने अवस्थाको सिर्जना भइसकेको छ।
न्यु साउथ वेल्सको पनि दक्षिणी क्षेत्रमा हेर्ने हो भने त्यहाँको विकराल अवस्थाको सहजै अनुमान गर्न सकिन्छ।
नाटी राष्ट्रिय निकुञ्जमा बाक्लो झाडीहरूको बीचमा यात्रा गर्दा डढेको रुखको चुचुरोहरू पातहरूको पछाडिबाट प्रष्ट देख्न सकिन्छ। त्यो क्षेत्र चार वर्षअघि बल्न सुरु गरेको थियो। ‘मैले आफ्नै आँखाले नदेखेको भए यी सबै बलिसकेको कुरा पत्याउन नै सक्ने नै थिइन,’ स्थानीय आगो नियन्त्रण आन्द्रेयु हाइनले भने।
सन् २०१९ मा त्यस स्थानको रङ्ग नै अर्कै भएको थियो। त्यहाँ केही उम्रने त सम्भावना कसैले देखेको छैन। त्यसको ३० मिटरसम्म पनि यसको असर देखिन सक्छ। सन् २०१९ मा चट्याङ पर्दा चन्द्रमाको चमक प्रस्ट देख्न सकिन्थ्यो। अहिले त्यो छैन। त्यसै वर्षको चट्याङका कारण हानले लामो समय ग्रामीण भेगका दमकलमा काम गर्दा नभोगेको दृश्य देखेका थिए। रातको समयमा अग्नि नियन्त्रकलाई सजिलो हुन्छ। तर, त्यहाँको आगोको ज्वाला मध्य दिनको झैँ थियो।
उनकै विचारमा त्यस विकराल अवस्थाका बारेमा कसैको पनि चासो छैन।
सबै आफ्नै ढङ्गले चलिरहेका छन्। ७५ दिनपछि मात्र पानी परेको त्यस स्थानमा आगो दुई लाख ७८ हजार हेक्टरसम्म फैलिएको थियो। अनगिन्ती जनवारहरू त्यस समयमा मरेका थिए भने ३७ वटा घरहरू नास भएका थिए। यो दर्दनाक अवस्था बालमोरन, बुक्सटन र बार्गोको हो।
त्यसै राष्ट्रिय निकुञ्जको तयारी हेर्दा हेनले गहिरो र बाक्लो जङ्गलमा काम गरेका थिए। जमिन पातहरूका कारण कार्पेट बिछ्याएको जस्तो देखिएको थियो।
उनलाई थाहा छ अग्नी नियन्त्रकका लागि अहिलेको दिन अत्यन्त कठिन छ। म जहाँ गएको थिए, त्यहाँ अत्यन्त तातो थियो। केही समय तीब्र घामबाट बच्दै काम गर्न उनीहरूलाई कम्ती कठिन हुँदैन। एकातर्फ आगोको ताप अर्को तर्फ दनदनी बलेको त्यो दृश्य।
कालो गृष्मको रूपमा रहेको यो दृश्य अष्ट्रेलियामा मात्र होइन, संसारका अन्य धेरै देशका विरलै घटना हुन्। १५ हजार आगलागी देशभरी भएका छन्। यी सबैले आफ्नै ढङ्गले मौसममा प्रभाव पारिरहेका छन्।
अष्ट्रेलिया र न्युजील्यान्डका धेरै आकाशमा रातभर धुवाको मुस्लो देख्न सकिन्छ। आफ्नै समुदायका एक दर्जन घरमा एकै पटक धुवाको मुस्लो छिरेको तथा दुई साथीको ज्यान गएको हेर्नलाई अझै याद छ। अग्नी नियन्त्रण यन्त्रको माथि नै रुख ढलेपछि दुई युवाका बाबु जियोफी केट्रन र आन्द्रेउ ओ डायरको ज्यान गएको थियो।
एक दिन त हेन पनि आफ्नो परिवार भएको ठाउँमा नपुग्ने सम्भावना देखिएको थियो। ‘यस भन्दा अघि मैले कहिल्यै पनि यस्तो देखेको थिइन,’ उनले भने। उनीहरूले घरमा बिहान गुडवाइ भनेर हिँडेपछि नफर्किए जस्तै हाल आफ्नै त हुने होइन भन्ने सम्झिएका थिए।
पछि त्यहाँको सरकारले खोजी गर्दा गर्मी महिनामा यस्तो जोखिम अत्यधिक भएको थाहा भयो।
जलवायु परिवर्तनका कारण सृजित हुने त्यसता अत्यन्त गर्मी र जाडोको समस्या मात्र होइन यसबाट बच्नका लागि राज्यले तयारी गर्ने अवसरसमेत पाउँदैन।
झाडीमा यसरी आगो लागेको समयमा प्रयोग हुने केही तापक्रम नियन्त्रक तथा चिस्याउने कुरा नै नास हुने गरेका छन्। त्यहाँको वातावरणले सफा र जोखिम रहित वातावरणको सिर्जना हुने सम्भावना दिनानुदिन कम हुँदै छ।
यसले के पनि पत्ता लगाएको छ भने अष्ट्रेलियाले त्यहाँ लडाइँ गर्न अग्नी नियन्त्रक यन्त्र, मानिस र उपकरणको कमीको सामना गरिरहेको छ।
यो वर्ष अष्ट्रेलियाले धेरै यस्ता समस्याको सामना गरिरहेको छ। क्वीन्सल्यान्ड, न्यु साउथ वेल्स र तासमानीया जस्ता स्थानमा यस्तो समस्या बढि देखिएको छ।
यस्तै अर्को कालो गृष्मको आगमनमा धेरै जना छटपटाइ रहेका छन्। अष्ट्रेलियाका अग्नी तथा आपत्कालीन सेवाका प्रमुख रब वेबले विगतमा भएको जस्तो खराब अवस्था यस वर्षको गृष्ममा नआउने दाबी गरे।
गर्मीमा हरियाली स्थान बचाउन धेरै कठिन हुने महसुस गर्दै उनले अहिले त्यो अवस्था नभए पनि भविष्यमा भने देश नै सुख्खा हुने कुरामा सहमति जनाए। अहिले मुलियन र केन जस्ता अग्नी नियन्त्रकले सरकारसँग थप महत्त्वपूर्ण उपकरणको माग गरिरहेका छन्।
अर्कोतर्फ इन्धनको व्यवस्थापन चुनौती बनेको छ। अहिले पनि त्यहाँ धेरै जोखिमयुक्त स्थान भएको जनाइन्छ। त्यहाँ एकदमै छिटो बढीरहेका घाँसहरु मरेका छन्। फेरि अर्को घाँस उम्रन पनि धेरै समय लाग्ने जनाइएको छ।
अहिले मुलियनले जलवायु परिवर्तनको असर राम्रोसँग महसुस गरेका छन्। अन्यले यस्तो महसुस गरेका छैनन्। उनले आफूहरूसँग पर्याप्त अग्नी नियन्त्रक तथा एयर क्राफ्ट हुन आवश्यक रहेको औँल्याएका छन्।
एलीजाबेथ एटकीनको जस्तो अवस्था नआउला पनि भन्न सकिँदैन। आगोको मुस्लो घरमा छिरेपछि उनले स्नानगहृको छेवैमा एक वर्ष बिताएकी थिइन्। त्यसको एक वर्षपछि उनी व्यवस्थित बनाइएको सीप राख्ने स्थानमा बसेकी थिइन्।
अहिले आगोको जोखिम अलि कम भए जस्तो लागे पनि कुनै दिन अकस्मात् यसरी फेरि बढ्ने छ। एटकीनले भने अर्को दुर्घटनाको तयारी गरेकी छिन्। पानी जम्मा गरेर राख्ने, सफा गरेर बस्ने र यत्रतत्र गल्न सक्ने पदार्थ नराख्ने सोच उनको छ। उनलाई पनि फेरि अप्ठेरो अवस्थाको चिन्ता छ।
यो अष्ट्रेलियाको समस्या भयो। जलवायु परिवर्तनका कारण संसारका धेरै देशमा यस्तो समस्या आउने जोखिम त छदै छ। स्रोतः बीबीसी
Discussion about this post