Nirvik Khabar

गुणस्तरहीन दूधमाथि डिडिसीको एक्सन, डा. पाण्डेको निर्देशनपछि नष्ट

Advertisements
Single Page Long - 2

भरतपुर – दुग्ध विकास संस्थान (डिडिसी) ले कम गुणस्तरको ३ हजार २० लिटर दूध नष्ट गरेको छ। काभ्रेको पनौती डिपोमा गरिएको गुणस्तर परीक्षणका क्रममा कम गुणस्तरको दूध फेला परेपछि उक्त दूध नष्ट गरिएको डिडिसीका महाप्रबन्धक डा. शरण कुमार पाण्डेले जानकारी दिए।

उनका अनुसार सूचनाका आधारमा दूधको गुणस्तर परीक्षण गरिएको थियो। परीक्षणका क्रममा गुणस्तर मापदण्ड पूरा नगरेको दूध भेटिएपछि नष्ट गरिएको उनले बताए। दूधको गुणस्तर किन कम भयो र यसमा कसको लापरबाही वा संलग्नता छ भन्ने विषयमा अनुसन्धान भइरहेको पनि डा. पाण्डेले जानकारी दिए।

डिडिसीले उपभोक्तासम्म गुणस्तरीय दूध पु¥याउने नीति अनुसार नियमित रूपमा गुणस्तर परीक्षणलाई कडाइ गर्दै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस