Nirvik Khabar

हिजो घटेको सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो

Advertisements
Single Page Long - 2

आज पनि सुनको मूल्य घटेको छ। चाँदीको भाउ भने बढेको छ। मंगलबार तोलामा १३ सय रुपैयाँ बढेको सुनको भाउ आज एक हजार रुपैयाँ घटेर २ लाख ९० हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुनको भाउ तोलामा १९ सय रुपैयाँ बढेको थियो। त्यसयता दुई दिनमा सुनको भाउ २३ सय रुपैयाँ घटेको छ।

हिजो सुनको भाउ तोलाको २ लाख ९१ हजार ५ सय रुपैयाँ थियो। आज चाँदीको भाउ भने बढेको छ। तोलामा २० रुपैयाँ बढेर चाँदीको भाउ आज ५ हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस