Nirvik Khabar

हिजो तोलामा २८ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदी पनि महँगियो

Advertisements
Single Page Long - 2

हिजो तोलामा २८ सय घटेको सुनको भाउ आज बढेको छ।तोलामा १९ सय रुपैयाँ बढेर सुनको भाउ आज २ लाख ९२ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९० हजार ९ सय रुपैयाँमा झरेको थियो।

आज चाँदीको भाउ पनि बढेको छ। तोलामा १४० रुपैयाँ बढेर चाँदीको भाउ आज तोलाको ५ हजार १५० पुगेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको ५ हजार १० रुपैयाँ थियो। गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस