Nirvik Khabar

बाँके र दाङको सिमाना शिवखोला पुलबाट ट्रक खस्यो

निर्भीक खबर
निर्भीक खबर

काठमाडाैं- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँके र दाङको सिमानामा पर्ने शिवखोला पुलबाट ट्रक खसेको छ। आज बिहान ४:३० बजे भैरहवाबाट नेपालगञ्ज जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक पुलबाट खोलामा खसेको हो।

ट्रकका चालक सिटमा च्यापिएको अवस्थामा रहेको र निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायणा डाँगीले जानकारी दिए।

‘नजिकै आर्मी पनि छ।  बाँके र दाङको प्रहरी टोली पनि दुर्घटनास्थल पुगेको छ। चालकलाई निकाल्ने प्रयास भइरहेको छ,’ उनले भने।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available