धनगढी– कैलालीबाट लागूऔषधसहित प्रहरीले एकै दिन ६ जनालाई पक्राउ गरेको छ । लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जना युवक र एक युवतीसहित ६ जनालाई पक्राउ गरेको हो ।
गोदावरी नगरपालिका–४ गोदावरीबाट दुई ग्राम ८६० मिलीग्राम लागुऔषधसहित कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ बैबाहकी २० वर्षीया कबिता बस्नेतसहित तीन जनालाई शनिबार दिउँसो पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।
Discussion about this post