Nirvik Khabar

भोलि बिहान पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने तयारी

निर्भीक खबर
निर्भीक खबर

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा भोलि (बुधबार) जलहरी राख्ने तयारी भएको छ । जलहरी राख्दा सुनमा अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

छानबिनका क्रममा आयोगसहितको टोलीले आइतबार पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरी नापजाँच गरेको थियो।आयोग उच्च स्रोतका अनुसार बुधबार बिहान ८ बजे जलहरी राख्ने तयारी छ । पशुपतिनाथ मन्दिरका मूल भट्टमार्फत जलहरी राख्न भारतबाट कालिगड र लाह बोकेर टोली आज नेपाल आइसकेको छ ।

पशुपति विकास कोषका एक अधिकृतका अनुसार जलहरीको नापजाँच मुचुल्का उठाइसकेकाले मन्दिरमा लगाइराखेको जलहरी पुनः राख्ने तयारी भएको हो । यसका लागि आयोगले समेत स्वीकृति दिइसकेको छ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available