Nirvik Khabar

तपाई अष्ट्रेलियामा पुरानो गाडी किन्दै हुनुहुन्छ, यसरी जोगिनुहोस ठगीबाट !

ब्रिजबेन । तपाई अष्ट्रेलियाको सिड्नीमा हुनुहुन्छ र पुरानो गाडी किन्दै हुनुहुन्छ भने होसियार हुनुहोस् । सिड्नी र न्यु साउथ वेल्समा वोडोमिटर अर्थात यात्रा पुरा गरेको किलोमिटर घटाएर ठगी गर्ने गरेको पाइएको हो ।

गत वर्ष मात्रै ८ लाख किलोमिटर गुडेको गाडीलाई ४ लाख किलोमिटर बनाएर सुभरो गाडीलाई ३२ हजार डलरमा बिक्रि गरिएको पाइएपछि सरकारले ठगी रोक्न नयाँ नियम ल्याएको छ । अब पुरानो गाडी किन्नेहरुलाई सर्भिस न्यु साउथ वेल्सको वेवसाईडमा गएर पछिल्लो तीन वर्षमा कति किलोमिटर गुडेको हो एकिन गरेर मात्रै किन्न सरकारले सबैलाई आग्रह गरेको छ । न्यु साउथ वेल्समा ठगहरुले ट्याम्परिङ गरेर यात्राको किलोमिटर घटाई ठगी गरेको भएपनि सरकारी डाटामा भएको विवरण हेरेर खरिद गर्दा ठगिबाट जोगिन सकिन्छ । एप्समार्फत समेत पुराना गाडीको विवरण रुजु गर्न पाइन्छ ।

अघिल्लो वर्षमा तीन गुणाले ठगी बढेको पाईएपछि सरकारले पुरानो गाडीको वोडोमिटर वेवसाईडमार्फत सार्वजनिक गर्दै सचेत हुन सबैलाई आग्रह गरेको हो । तपाई पनि सड्नी, न्यु साउथ वेल्स क्षेत्रमा हुनुहुन्छ भने आधिकारिक विवरण हेरेर ठगीबाट जोगिनुहोला ।

 

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस