Nirvik Khabar

काठमाडौं महानगरका छात्रवृत्ति विवरण उपलब्ध नगराउने ३४२ वटा विद्यालयको नाम सार्वजनिक

काठमाडौँ– काठमाडौं महानगरपालिकाले छात्रवृत्ति दिन अटेर गर्ने महानगर भित्रका विद्यालयहरूको सूची सार्वजनिक गरेको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै विवरण उपलब्ध नगराउने ३४२ वटा विद्यालयको नाम सार्वजनिक गरेको हो ।

महानगरपालिकाले संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीलाई नियम अनुसार उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्तिको विवरण पठाउन जेठ १० गते सूचना प्रकाशित गरेको थियो ।

सूचनामा जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी जेठ १६ गते कार्यालय समयभित्र महानगरको शिक्षा विभागमा अनिवार्य रूपमा पठाउन भनिए पनि ३४२ विद्यालयले अटेर गरेकाले महानगरले पुनः ६ दिनको समय दिएर सूचनासहितको सूची सार्वजनिक गरेको हो ।

काठमाडौँ महानगरपालिकाले विवरण बुझाउन बाँकी रहेका विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न अन्तिम समय दिएको छ ।

उक्त समयभित्र विवरण पेस नगरे महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस