गैँडाकोट । नवलपुरको गैँडाकोटबाट सञ्चालनमा आइरेहको मुकुन्दसेन टेलिभिजनमा आज विहान चोरी भएको छ । गैँडाकोट नगरपालिका वडा नं ८ स्थित टेलिभिजनको कार्यालयबाट २ वटा डिएसएल क्यामेरा र २ वटा ल्यापटप चोरी भएको हो ।
तेस्रोतला माथी रहेको टेलिभिजनको स्टुडियो र अफिस कोठमा रहेका सञ्चारसामाग्री विहान २ बजेर ५२ मिनेटमा चोरी भएको सिसिटीभी फुटेजमा देखिएको सोहि टेलिभिजनमा कार्यरत पत्रकार नविन सुवेदीले जानकारी दिए । इलाका प्रहरी कार्यालय गैँडाकोटले घटनाको बारेमा जानकारी लिने काम भैरहेको बताएको छ ।
Discussion about this post