नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ३ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख एकहजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७१० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयामा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ३७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


































Discussion about this post