Nirvik Khabar

‘स्ट्यान्डअप कमेडी कन्टेस्ट’मा सहभागी हुन कलाकार बुद्धि तामाङको आह्वान

काठमाडौँ – कलाकार बुद्धि तामाङले भर्चुअल स्ट्यान्डअप कमेडी कन्टेस्टमा भाग लिन आह्वान गरेका छन्। प्रतिस्पर्धामा विजयी हुनेले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्।

हरेक उमेर समूहका व्यक्तिले घरमै खिचेर १ देखि ३ मिनेटसम्मको स्ट्यान्डअप कमेडी भिडियो पठाएर प्रतिस्पर्धामा सहभागि हुन सक्ने छन्।कमेडीमा आफ्नो भविश्य खोजिरहेकाहरूलाई प्रोत्साहन गर्नलाई प्रतिस्पर्धा आयोजना गरिएको बताइएको छ।

जस्मिन पेन्ट्स आयोजना गरेको ‘जस्मिन कुल कमेडी फुल’ यस प्रतियोगिताका विजेतालाई रु १ लाख साथै दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने कम्पनीका निर्देशक मधुसुदन अर्यालले बताए।

प्रतियोगितासम्बन्धी सम्पूर्ण जानकारी कम्पनीको आधिकारिक फेसबुक पेज जस्मिन पेन्ट्स नेपालमा गएर हेर्न सकिने प्रतियोगिताका संयोजक कलाकार सन्तोष खनालले बताए। भिडियो यही चैत्र महिनाको अन्तिमसम्म पठाइ सक्नुपर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस