Nirvik Khabar

धादिङमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

निर्भीक खबर
निर्भीक खबर

धादिङ । धादिङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मार्बल बोकेको ट्रेलरले जीपलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

पृथ्वी राजमार्ग अन्तर्गत गल्छी गाउँपालिका वडा नं. ६ चिरौदी पुलमा चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको मार्बल बोकेको ट्रेलरले बाग्मती प्रदेश-०१-०२५ च ७८७२ नम्बरको जीपलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा जीपमा सवार धादिङका ज्वालामुखी गाउँपालिका वडा नं. १ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र २५ वर्षीय राजेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए ।दुर्घटनामा परी घाइते बनेका ट्रेलर चालक र सहचालकको उपचारपछि उनीहरू प्रहरीको नियन्त्रणमा रहेको निरीक्षक थापाले जानकारी दिए ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available