Nirvik Khabar

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा जीप दुर्घटना, एकको मृत्यु ९ जनाको अवस्था गम्भीर

प्युठान, १४ साउन 

प्युठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा आज दिउँसो जीप दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको हो भने १४ जना घाइते भएका हुन् ।

स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ जाँदै गरेको लु ३ च ३५३ नम्बरको जीप दुर्घटना हुँदा रुपन्देही निवासी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ। स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा जीप दुर्घटनामा परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस