काठमाडौं । अस्ट्रेलिया सरकारले कामदार भिसामा रहेकाहरुको परिवारलाई अस्ट्रेलिया जान दिने नीति ल्याउने तयारी गरिरहेको छ।प्रधानमन्त्री एन्थोनी अल्बानिजका अनुसार नयाँ नीति लागू भएपछि कामदार भिसामा रहेकाहरुको परिवारले पनि अस्ट्रेलियामा वैधानिक रुपमा काम गर्न पाउनेछन् ।
‘एउटा नयाँ कार्यक्रम अन्तर्गत प्रशान्त टापुहरूबाट वृद्ध हेरचाह गर्ने कामदारहरूलाई अस्ट्रेलियामा रोजगारी र स्थायी बसोबासका लागि भिसाहरू प्रदान गर्ने छौँ। कामदार भिसामा रहेका परिवारहरुले यस्ता काम गर्न सक्नेछन्,’ प्रधानमन्त्री एन्थोनीले भनेका छन् ।
अस्ट्रेलियामा एज्ड् केयरमा कामदारको अभाव भएको हुँदा फिँजी लगायत प्यासिफिक क्षेत्रका देशहरूबाट कामदार बोलाउने प्रधानमन्त्रीले बताए।अप्रिलदेखि पिएएलएम अन्तर्गत दुई अलग कामदार भिसा स्ट्रिमहरू – मौसमी कामदार कार्यक्रम र प्यासिफिक श्रम योजना एकल पिएएलएम भिसामा एकीकृत हुने उनले बताए । नयाँ भिसा चार वर्षसम्मको लामो अवधिको लागि मान्य हुनेछ । यस अवधिमा कामदारहरूलाई अस्ट्रेलियामा मल्टिपल इन्ट्री दिइनेछ ।
Discussion about this post