चितवनमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरा विस्तार र प्रवर्द्धनका लागि एक विशेष सहजीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। श्रम बजारलाई थप सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजना र श्रम तथा रोजगार कार्यालय, हेटौँडाको समन्वयमा कार्यक्रम गरिएको हो
जिल्ला समन्वय समिति, चितवनका प्रमुख नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सामाजिक सुरक्षा योजनाका विविध आयामबारे विस्तृत छलफल भएको थियो। कार्यक्रममा प्रशिक्षकका रूपमा युवा श्रम तथा रोजगार मन्त्रालयका उप-सचिव केशर बहादुर पण्डित र सामाजिक सुरक्षा कोष, बुटवलका प्रमुख केदार पौडेलले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले कोषमा आबद्ध हुँदा श्रमिक र रोजगारदाता दुवैलाई हुने फाइदा र यसका कानुनी प्रावधानबारे सहभागीहरूलाई स्पष्ट पार्नुभयो।
कार्यक्रममा निजी क्षेत्रका व्यवसायी, उद्योग तथा प्रतिष्ठानमा कार्यरत कामदारहरू, विभिन्न पेसागत संघ-संगठनका पदाधिकारीहरू र होटल व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले कोषमा आबद्ध हुने प्रक्रिया र यसका व्यावहारिक चुनौतीबारे आफ्ना जिज्ञासाहरू राखेका थिए। यस्ता कार्यक्रमले अनौपचारिक र निजी क्षेत्रमा कार्यरत हजारौँ श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय चितवनका प्रमुख नारायण प्रसादधिकरीले बताउनुभएको छ।

































Discussion about this post