Nirvik Khabar

देशभरका फेन्सी व्यवसायीहरुको जेठ २३ गते चितवनमा भेला हुँदै

Advertisements
Single Page Long - 2

चितवन । जिल्लामा सङ्गठित भएर बसेका फेन्सी व्यवसायीहरुले महासङ्घ निर्माणका लागि चितवनमा राष्ट्रिय भेला गर्दैछन् । फेन्सी व्यवसायी महासङ्घ नेपाल निर्माण अभियानका लागि जेठको २३ र २४ गते चितवनको भरतपुरमा राष्ट्रिय भेला गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनका क्रममा फेन्सी व्वसायी महासङ्घ नेपाल निर्माण अभियानका संयोजक एवम् फेन्सी व्यवसायी सङ्घ चितवनका अध्यक्ष रामप्रसाद पौडेलले भेलामा ३० जिल्लाका व्यवसायीहरुको प्रतिनिधित्व हुने जानकारी दिए । चितवनमा दुईदिनसम्म सञ्चालन हुने भेलाले फेन्सी व्यवसायी महासङ्घ निर्माण गर्ने भन्दै पौडेलले यस भेलामा फेन्सी व्यवसायीहरुको समस्या र समाधानका उपायबारे छलफल गरिने जानकारी दिए ।

व्यवसायीहरुको हक, हित र सुरक्षाका लागि सशक्त आवाज उठाउन, कर बैंकिङ, भन्सार तथा नीतिगत समस्याहरुको समाधानका लागि सङ्गठित हुन लागिएको पौडेलले बताए । फेन्सी व्यवसायीहरुको सम्मान, पहिचान र योगदानलाई राज्यस्तरमा स्थापित गर्ने, युवा तथा महिला उद्यमीहरुको सहभागिता र नेतृत्वलाई प्रवद्र्धन गर्ने, व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकारसँग प्रभावकारी समन्वय गर्न महासङ्घ गठन भएपछि सहज हुने पौडेलको भनाइ थियो ।

चितवनमा हुने फेन्सी व्यवसायीहरुको राष्ट्रिय भेला नेपाली फेन्सी व्यवसायीहरुको भविष्य निर्माण गर्ने अभियानसमेत भएको उनले बताए । महासङ्घ स्थापना गर्नु भनेको व्यवसायीहरुको एकता, आत्मसम्मान, अधिकार र अस्तित्वको सवालसँग जोडिएको ऐतिहासिक कदम भएको उनले बताए । भेलाको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले जेठ २३ गते उद्घाटन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस