पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेका बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्न आज (आइतबार) सर्वोच्च अदालतले इजलास तोकेको छ। उनीहरूका रिट निवेदन सुनुवाइ गर्न न्यायाधीशद्वय विनोद शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको हो।
‘जेनजी’ आन्दोलनका घटना छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई यही चैत १४ देखि प्रहरीको हिरासतमा राखिएको छ।
पक्राउ गैरकानुनी भएको दाबी गर्दै उनीहरूको रिहाइ माग गरी यही चैत १५ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरिएका हुन्।जसमा चैत १६ गते सर्वोच्चले विपक्षी सरकारका नाममा कारण देखाऊ आदेश दिएको थियो।सअनुसार सरकार पक्षबाट लिखित जवाफ आइसकेकाले सुनुवाइका लागि पेसी तोकिएको हो।


































Discussion about this post