Skip to main content

Nirvik Khabar

AECoN को अध्यक्षमा प्रा. डा. इ. हरि भण्डारी सर्वसम्मत निर्वाचित

Advertisements
Single Page Long - 2

काठमाण्डौं । नेपालको प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्राचार्य प्रा. डा. इन्जिनियर हरि भण्डारी आज सम्पन्न Association of Engineering Colleges Nepal (AECoN) को निर्वाचनबाट अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।

इन्जिनियरिङ शिक्षाको विकास, शैक्षिक गुणस्तर अभिवृद्धि र नीति निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्दै आउनुभएका प्रा. डा. भण्डारीको अध्यक्षतामा AECoN ले नेपाली इन्जिनियरिङ शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने दिशामा थप सशक्त पहल गर्ने अपेक्षा गरिएको छ।

उनको कार्यकालमा शिक्षा क्षेत्रको सुदृढीकरण, इन्जिनियरिङ कलेजहरूबीच सहकार्यको विस्तार, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा राष्ट्रिय हितमा आधारित शैक्षिक नीतिहरू निर्माणमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

शिक्षा क्षेत्रका सरोकारवाला, शैक्षिक संस्था तथा शुभेच्छुकहरूले प्रा. डा. इ. हरि भण्डारीलाई उक्त उच्च, गरिमामय तथा उत्तरदायित्वपूर्ण पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई दिँदै आगामी कार्यकाल सफल, प्रेरणादायी र ऐतिहासिक उपलब्धिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस