Nirvik Khabar

एसईई २०८१ सफल विद्यार्थीलाई गैँडाकोट नमूना माविको सम्मान

गैँडाकोट- गैँडाकोट–२ मा अवस्थित गैँडाकोट नमूना माध्यमिक विद्यालयले एसईई २०८१ मा सफलता हासिल गरेका आफ्ना विद्यार्थीहरूलाई एक विशेष सम्मान समारोहमार्फत बधाई दिएको छ। साथै विद्यालयले विद्यार्थी अभिभावक र शिक्षकबीच अन्तरक्रिया गर्दै शिक्षा क्षेत्रमा आफ्नो योगदान र भावी योजनाबारे जानकारी दिएको छ।सोमबार बिहान विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका प्राचार्य गोपेन्द्र केसरी न्यौपानेले सफल विद्यार्थीहरूलाई अबिर र खादा लगाएर सम्मान गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि प्रेरणा प्रदान गर्दै मेहनत, अनुशासन र निरन्तरताको महत्वबारे प्रकाश पार्नुभयो। 

कार्यक्रममा अभिभावक प्रतिनिधिका रूपमा धारणा राख्दै दुर्गादत्त पौडेलले नमूना विद्यालय क्षेत्रकै पुरानो, अनुभवी र विश्वसनीय शैक्षिक संस्था भएको बताउनुभयो। “अब राम्रो शिक्षाका लागि टाढा जानुपर्ने आवश्यकता छैन, गैँडाकोटमै विश्वस्तपूर्वक बालबालिकालाई पठाउन सकिने वातावरण बनेको छ,” उहाँले भन्नुभयो।शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र रानाले पनि कार्यक्रममा आफ्नो विचार राख्दै विद्यालयको सतत प्रगति र नतिजामुखी शिक्षण प्रणालीको प्रशंसा गर्नुभयो। उहाँले विद्यालय र अभिभावकबीचको समन्वय अझ मजबुत हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रम सञ्चालन तथा सहजीकरण विद्यालयका मावि कोर्डिनेटर धनिश्वर गौतमले गर्नुभएको थियो। उहाँले सम्पूर्ण सहभागीलाई स्वागत गर्दै कार्यक्रममा आएका अतिथिहरूको धन्यवाद ज्ञापन गर्नुभयो।

नमूना माविले एसईईपछि कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि भर्ना प्रक्रिया सुरु गरेको छ। विद्यालयले विज्ञान (Science) र कम्प्युटर साइन्स (Computer Science) होटल म्यानेजमेन्ट र म्यानेजमेन्टमा भर्ना खुला गरेको जानकारी प्लस टु संयोजक तथा सहायक प्राचार्य चन्द्र केसीले दिनुभयो।उहाँका अनुसार इच्छुक विद्यार्थीहरूले १८ असारमा सञ्चालन हुने प्रवेश परीक्षामार्फत भर्ना प्रक्रिया सुरु गर्न सक्नेछन्। विद्यालयमा अनुभवी शिक्षक टिम, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, लाइब्रेरी र अन्य शैक्षिक पूर्वाधार सुविधा उपलब्ध रहेको उहाँले उल्लेख गर्नुभयो।

२०५१ सालमा स्थापना भएको नमूना माध्यामिक विद्यालय गैँडाकोट क्षेत्रकै सबैभन्दा पुरानो संस्थागत विद्यालय हो। करिब तीन दशक लामो शैक्षिक यात्रामा विद्यालयले हजारौं विद्यार्थी उत्पादन गरिसकेको छ। हाल विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म १५०० बढी विद्यार्थी अध्ययनरत छन्।अनुभवी शिक्षक स्टाफ अनुशासित वातावरण विद्यार्थी–अभिभावक केन्द्रित शिक्षा प्रणाली र समय सापेक्ष शैक्षिक नवप्रवर्तनमार्फत नमूना मावि गैँडाकोटको शैक्षिक नेतृत्वमा स्थापित हुँदै गएको छ।विद्यालयले शिक्षा मात्रै नभई विद्यार्थीको नेतृत्व क्षमता, अनुशासन र सामाजिक उत्तरदायित्व निर्माणमा समेत विशेष ध्यान दिने गरेको प्राचार्य न्यौपानेले जानकारी दिनुभयो। सफल विद्यार्थीलाई प्रोत्साहन अभिभावकसँग सरोकार र भावी योजनाबद्ध शिक्षण कार्यक्रममार्फत नमूना माध्यामिक विद्यालयले आफ्नो नाममा झन थप विश्वसनीयता जोडेको छ।

 

380b388d-1ff0-4917-b6a5-266d19bb2ffe
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस