Nirvik Khabar

वेस्टर्न एड्भान्स कलेजले गैँडाकोटका विद्यार्थीहरुलाई ६० प्रतिशत छात्रबृति दिने

Advertisements
Single Page Long - 2

गैँडाकोट- नवलपुरको गैँडाकोट–१ मा रहेको वेस्टर्न एड्भान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले गैँडाकोटका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । वेस्टर्न एड्भान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट र युवा क्लब गैँडाकोट–२ का अध्यक्ष इन्जिनियर रुपेश अर्यालबीच भएको सहमतिमा गैँडाकोटका विद्यार्थीलाई कलेजमा अध्ययन गर्दा छुट दिने उल्लेख गरिएको छ । शुक्रबार भएको सहमतिमा गैँडाकोट–१ देखि १८ नम्बरसम्म स्थायी बसोबास गर्दै आएका विद्यार्थीहरुलाई जम्मा शुल्कको ६० प्रतिशतसम्म छात्रवृत्ति दिने उल्लेख गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वेस्टर्न एड्भान्स कलेजमा बिबिए अध्ययन गर्ने विद्यार्थीलाई कुल शुल्कको ६० प्रतिशत एवम् स्नातक तहमा सिभिल इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई कुल शुल्कमा ४० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिने भएको हो ।

विद्यार्थीले छात्रवृत्ति पाउनका लागि गैँडाकोटका बासिन्दाका साथै विश्वविद्यालयले निर्धारण गरेको अन्य आवश्यकताहरु पूरा गरेको हुनुपर्ने जनाइएको छ । यस छात्रवृत्ति शैक्षिक सत्र २०८१ र शैक्षिक सत्र २०८२ मा भर्ना हुने विद्यार्थीहरुलाई प्रदान गरिने कलेजका प्रबन्ध निर्देशक इन्जिनियर राजन सापकोटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस