दमेक – सुन्तलाचौर खेलकुद परिवारको आयोजनामा भएको दशैं मेला सम्पन्न भएको छ।
दमेकमा भएको दशै मेला-२०८१ मा भलिबल प्रतियोगिता को प्रथम पुरस्कार कालुङ्खोला युवा क्लबले हात पारेको छ । दशैको अवसरमा सुन्तलाचौर खेलकुद परिवारले आयोजना गरेको साविक वडा स्तरीय भलिबल कार्यक्रममा १८ टोलीलाई पछि पार्दै प्रथम भएको हो । फाइनलखेलमा कालुङ्खोला युवा क्लब संग पराजित हुँदै आयोजक टिम सुन्तलाचौर खेलकुद परिवार दोस्रो र उपबिजेताको रूपमा पोखराचौर खेलकुद मञ्च तथा देउरालीखानी युवा क्लब भएका छन् ।
बिजेता प्रथम , द्वितीय र उपविजेता दुई टिमले क्रमशः ४० हजार , २५ हजार र १०/१० हजार सहित मेडल र प्रमाणपत्र हात पारेका छन् ।
त्यस्तै खुला नृत्य प्रतियोगितामा आशिका छन्त्याल प्रथम प्रिन्सेस सुनार द्वितीय तथा तृतीय नमुना जिसी भएका छन् । उनिहरूले क्रमश ५ हजार , ३ हजार र २ हजार प्राप्त गरेका हुन् ।
पुरस्कार लिदै आयोजक सुन्तलाचौर खेलकुद परिवारको टिम
असोज २१ गते बाट सुरू भएको खेल २५ गते आज शुक्रबार समापन भएको हो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति बाग्लुङका उपप्रमुख होमनाथ सापकोटाले , चाडपर्वमा गाउँमा हुने यस्ता कार्यक्रमले गाउँको सुनसान माहोललाई थप चलाएमान बनाएको बताए । उनले स्थानीय स्तरमा यस्ता खेलकुद कार्यक्रमले नयाँ युवाहरूमा हौसला थपिएको र नयाँ खेलाडीहरूको उदय हुने गरेको बताए ।
कार्यक्रममा जनप्रतिनिधि , समाजसेवी तथा कार्यक्रम सम्पन्न बनाउन सहयोग गर्ने सहयोगीहरू लगाएतको सहभागीता रहेको थियो । कार्यक्रम जैमिनि २ दमेक सुन्तलाचौर फिरफिरेचौरमा संस्थाका अध्यक्ष कुमार नेपालीको अध्यक्ष्तामा सम्पन्न भएको हो ।
Discussion about this post