चितवन । नारायणगढस्थित होटल सिद्धार्थले आफ्नो २८औँ वार्षिकोत्सव विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ।
वार्षिकोत्सवको अवसरमा होटलले सिद्धेश्वर मन्दिर नारायणगढमा मन्दिर परिसर सरसफाइ, देवघाट समाज केन्द्रमा आश्रित बृद्धबृद्धाहरूलाई भोजन वितरण र होटलमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। रक्तदान कार्यक्रममार्फत २० युनिट रगत संकलन गरिएको छ।
नारायणगढको पुलचोकबाट करिब ५०० मिटर भित्र २५ रोपनी क्षेत्रफलमा फैलिएको होटल सिद्धार्थ हाल नयाँ तथा विस्तारित स्वरूपमा सञ्चालनमा आएको हो। शाखा प्रबन्धक प्रदिप न्यौपानेका अनुसार होटलमा ६० जना कर्मचारी कार्यरत छन्। देशभरी सिद्धार्थका शाखामा २ हजार बन्दा धेरै कर्मचारीहरू रहेका छन । होटलमा ४४ वटा सुविधा सम्पन्न कोठा, रेष्टुरेन्ट एण्ड बार, स्विमिङ पुल तथा सेमिनार हलहरू उपलब्ध छन्।
नेपालको हस्पिटालिटी क्षेत्रमा लामो अनुभव बोकेको यस ग्रुपअन्तर्गत सञ्चालनमा रहेको होटल सिद्धार्थका देशभर ३० भन्दा बढी शाखाहरू रहेका छन्। वार्षिकोत्सवकै अवसरमा होटलले केक काटेर उत्सव मनाउनुका साथै रेष्टुरेन्टमा आउने ग्राहकहरूलाई २८ परिकारमा २८ प्रतिशत छुटको व्यवस्था गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले होटल सिद्धार्थले चितवनको हस्पिटालिटी क्षेत्रमा नयाँ आयाम थपेको उल्लेख गर्दै यसले आर्थिक चलायमानता र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो।
होटल सिद्धार्थले चितवन आएका स्वदेशी तथा विदेशी पर्यटकहरूलाई लक्षित गरी मेघौली क्षेत्रमा जंगल सफारी तथा डुंगा सयरको सुविधा समेत प्रदान गर्दै आएको जनाएको छ।


































Discussion about this post