Nirvik Khabar

लुम्बिनी सेरामिक्स टायल्सको डिलर चितवनको टाँडीमा उद्घाटन

चितवन – नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टायल्स, लेमिनार टायल्सको उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले आफ्नो पहिलो एक्स्क्लुसिभ डिलर चितवनको टाँडीमा सञ्चालनमा ल्याएको छ ।

रत्ननगर वडा नं ३ शान्तिचोक स्थित जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सलाई डिलर नियुक्त गरी लुम्बिनी सेरामिक्सले डिलर उद्घाटन गरेको हो । शनिबार आयोजित एक औपचारिक कार्यक्रमका बीच रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी र लुम्बिनी सेरामिक्स लिमिटेडका निर्देशक अभिनव चुरियालले सयुक्त रुपमा “एम्पोरियो” श्रेणीअन्तर्गतको डिलर उद्घाटन गरेका थिए ।

May be an image of 10 people and text

कम्पनीको डिलरसीपका चार श्रेणीहरूमध्ये “एम्पोरियो“ सबैभन्दा प्रिमियम हो, जसले लुम्बिनी सेरामिक्सद्धारा उत्पादित टायल्सको सम्पूर्ण संग्रहहरुको वितरण गर्छ । यहि वर्षको मंसिरबाट औपचारिक उत्पादनमा आएको विश्वस्तरीय लेमिनार टायल्सलाई इञ्जिनियर, निर्माण ब्यवसायिक, इन्टेरियर डिजाइनर तथा ग्राहकहरूद्धारा अत्याधिकरुपमा रुचाइएको छ ।कम्पनीले आफ्ना उत्पादनहरूलाई देशभर सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ १०० भन्दा बढी डिलर र वितरकहरूको सञ्जालको स्थापना गरिसकेको छ । लुम्बिनी सेरामिक्स लिमिटेडका निर्देशक अभिनव चुरीवालले चितवनमा पहिलो फ्रेञ्चाइज शोरूमको उद्घाटन लुम्बिनी सेरामिक्सले आउँदो वर्ष २०२५ मा अन्य ५० भन्दा बढी विशेष शोरूमहरूको स्थापनाको यात्रातर्फको पहिलो पाइला भएको टिप्पणी गरे ।

“चितवनमा हाम्रो पहिलो फ्रेञ्चाइज शोरूमको उद्घाटन गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं र हाम्रा उत्पादनहरुमाथि विश्वास राख्दै नेपाली उपभोक्तालाई यहीँ उत्पादित विश्वस्तरीय शतप्रतिशत भिट्रिफाइड टायल्स उपलब्ध गराउने हाम्रो प्रतिबद्धता पूरा गर्ने दिशामा हामीलाई साथ दिनुभएकोमा हामी जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सप्रति आधार छौं,” उनले भने, “हाम्रो पहिलो फ्रेञ्चाइज शोरूमको उद्घाटनले भविष्यमा अझ धेरै उपलब्धिहरू हासिल गर्ने तर्फको लुम्बिनी सेरामिक्सको यात्राको थालनीलाई संकेत गरेकोछ ।” बर्दियाको गुलरियास्थित साँढे १२ बिगाह जमिनमा फैलिएको यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधीयुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स्को उत्पादन भइरहेको छ ।

करिब ५०० वटाभन्दा बढी आकर्षक डिजाइनहरुमा टायलहरु चारवटा आकारमा उपलब्ध हुनेछन् । करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ लेमिनार टायल्स् उच्चस्तरीय उत्पादनको प्रक्रिया र कच्चा पदार्थको प्रयोगको कारण सेरामिक लगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमताका छन् । उद्घाटन कार्यक्रम जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सका सञ्चालक सागर दुवाडीको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस