Nirvik Khabar

रेड रक इभेन्टले १० जना लागुऔषध दुर्व्यसनीको निःशुल्क उपचार गरिदिने

चितवन । चितवनमा रहेको रेड रक इभेन्टले सामाजिक उत्तरदायित्व अन्तर्गत १० जना लागुऔषध दुर्व्यसनीको निःशुल्क उपचार गरिदिने भएको छ । इभेन्टको आयोजनामा नारायणघाटको नारायणी नदीकिनारमा जारी नारायणी एक्स्पोका क्रममा इभेन्टका अध्यक्ष विकल क्षेत्रीले आज पत्रकार सम्मेलन गर्दै लागुऔषध दुर्व्यसनीको उपचार गरिदिने बताउनुभएको हो ।
लागुऔषध दुर्व्यसनी समाजमा ठूलो समस्याको रुपमा फैलिएको उल्लेख गर्दै क्षेत्रीले यसको न्यूनीकरणमा राज्यसँग विभिन्न संस्था र नागरिकले समेत हातेमालो गर्नुपर्ने बताउनुभयो । दुर्व्यसनीमा फसेका गरिब तथा विपन्न परिवारका सदस्यलाई नौ महिनासम्म निःशुल्क उपचार गर्ने उहाँले घोषणा गर्नुभएको हो । नेपाल सरकारले पुनःस्थापना गृहमा लागुऔषधि दुर्व्यसनीको उपचार गर्न प्रति महिना १७ हजार पाँच सय रुपैयाँ तोकेको छ ।
रेड रक इभेन्टले १० जना दुव्र्यसनीलाई नौ महिनासम्म आफ्नै खर्चमा उपचार गरिदिने बताउनुभएको हो । लागुऔषध दुर्व्यसनीबाट मुक्त हुने चाहना राख्ने व्यक्ति तथा परिवारले इभेन्टमा सम्पर्क राख्न भन्दै उहाँले प्राथमिकीकरणका आधारमा उपचार छनौट गरेर उपचार गरिने जानकारी दिनुभयो । चितवन तथा छिमेकी जिल्लाका दुर्व्यसनीले समेत सम्पर्क गर्नसक्ने क्षेत्रीको भनाइ छ ।

यसैबीच, रेड रक इभेन्टले ट्राफिक प्रहरीलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनसँग कुराकानी गर्दा त्यहाँ आवश्यक परेको डाइभर्सन बोर्ड, नो पार्किङ बोर्ड तथा कोन डिभाइडर आइतबार ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको हो । इभेन्टका अध्यक्ष क्षेत्रीले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी सहायक निरीक्षक रवीन मगरलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । उक्त सामग्री रु एक लाख बराबरको रहेको क्षेत्रीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस