Nirvik Khabar

अमेरिकामा चितवनको व्यवसायिक सम्बन्ध विस्तार गर्दै सिरिष पन्त

न्युयोर्क -तत्कालीन उद्योग वाणिज्य संघ चितवनका पुर्व उपाध्यक्ष एबम युवा ब्यवसायी श्री सिरीस पन्त हाल संयुक्त राज्य अमेरिकाको भ्रमणमा छन्। भ्रमणको क्रममा उनले नेपाल र चितवनको पहिचान अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्दै पर्यटन, व्यापार, र सहकार्यको नयाँ सम्भावनाहरूको ढोका खोल्ने ऐतिहासिक प्रयास गरेका छन्। हालै उनले न्यूयोर्क राज्यको कोर्निङ सहरका सम्माननीय मेयर श्री विलियम ‘बिल’ बोल्यान्डसँग उच्चस्तरीय भेटघाट गरेका छन्। भेटमा उहाँलाई उहाँकी धर्मपत्नी श्रीमती प्रियंका घिमिरे पन्तले साथ दिएकी थिइन्।

पन्तले उक्त अवसरमा दुई शहरबीचको सम्बन्ध अझ सुदृढ गर्न भरतपुर महानगरपालिका र कोर्निङ सहरबीच प्रतिनिधिमण्डल आदानप्रदानको प्रस्ताव राखे। साथै, उनले दुई शहरबीच “Sister City” (भगिनी सम्बन्ध ) स्थापना गर्ने अवधारणालाई पनि अगाडि सारे, जसले दीर्घकालीन आर्थिक, सांस्कृतिक, र शैक्षिक सहकार्यको ढोका खोल्ने विश्वास व्यक्त गरिएको थियो। यी विषयहरूमा गरिएको उच्चस्तरीय छलफलले पन्तको दूरदृष्टि र नेतृत्व क्षमताको प्रमाण प्रस्तुत गरेको छ। यस अघि पन्त ले न्युयोर्क स्थित १०० बर्ष भन्दा अगाडि स्थापित दुइवटा बाणिज्य संघका अध्यक्ष हरु सग भेटी आपसी छलफल तथा सस्थागत सहकार्य एबम सम्बन्ध बिस्तारको लागि पहल गरिसकेका छन्, उनले भ्रमणको क्रममा अन्तरास्ट्रिय सामाजिक सस्था रोटरी क्लव अफ सेरे-एथेन्स रोटरी क्लव सग चितवन रोटरीको सम्बन्ध बिस्तारको लागि समेत प्रयास गरिसकेका छन् ।

कोर्निङ सिटिका मेयर सग भेटको क्रममा पन्तले चितवनको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्दै कोर्निङका मेयरलाई चितवन पर्यटनको समग्र जानकारी समावेश गरिएको तत्कालीन उद्योग बाणिज्य संघ- चितवन ले प्रकाशित सुन्दर र सुसंस्कृत “चितवन पर्यटन पुस्तिका” प्रदान गरे। साथै, भरतपुर महानगरपालिकाकी प्रमुख श्री रेनु दाहालको तर्फबाट पठाइएको स्वागत तथा शुभकामना पत्र मेयर बोल्यान्डलाई हस्तान्तरण गरे। नेपालको सांस्कृतिक सम्मानको प्रतीकस्वरूप उनले कोर्निङका मेयरलाई नेपाली ढाका टोपी समेत पहिराएर विशेष सम्मान व्यक्त गरे, जसले दुई देशबीचको मित्रताको भावना थप प्रगाढ बनायो। उक्त सम्वाद पछि मेयर बोल्यान्ड ले भरतपुरका मेयरका लागि आफ्नो सहर अङ्कित लोगो चिनारी स्वरूप हस्तान्तरण गर्दै आगामी दिनमा थप छलफल गरि सम्बन्ध स्थापित गर्न आफू उत्साहित रहेको कुरा जानकारी समेत गराए, यस अघि उक्त शहर ले जापान, इटली तथा युक्रेनका सहर हरु सग भगिनी सम्बन्ध कायम गरिसकेको र अब चौथो शहरको रुपमा भरतपुर सग सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए।
पन्तलाई यस भ्रमणमा अमेरिका निवासी उनका नातेदार डा. सुभाष घिमिरेले विशेष सहयोग र साथ प्रदान गरे, जो पेशाले पाचन तथा कलेजो रोग विशेषज्ञ (Gastroenterologist) हुन्। डा. घिमिरेले अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्न र औपचारिक कार्यक्रमहरू समन्वय गर्न महत्त्वपूर्ण भूमिका खेले।

श्री सिरीस पन्तले अमेरिका जस्तो विकसित राष्ट्रमा नेपालको प्रतिनिधित्व गर्दै चितवन जिल्लाको गौरव बढाउनुका साथै दुई शहरबीच मित्रता, सहकार्य, र पर्यटन प्रवर्द्धनको दिशामा ऐतिहासिक योगदान दिएका छन्। नेपाली पहिचानलाई विश्वसामु प्रस्तुत गर्न, संस्कृतिको आदानप्रदान गर्न र चितवनको सम्भावनालाई अन्तर्राष्ट्रिय समुदायसामु पुर्‍याउन उनले गरेको यो प्रयास अत्यन्तै प्रेरणादायी र प्रशंसायोग्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस