Nirvik Khabar

नारायणगढ-बुटवल सडकखण्ड सुचारु हुन दिनभर लाग्ने

Advertisements
Single Page Long - 2

नवलपुर । नारायणगढ बुटवल सडकखण्डको अरुणखोला दुम्कीबास सडकखण्डको तीनवटा अस्थायी डाईभर्सन बाढीले बगाएपछि विहानैदेखि अवरुद्ध भएको सडक सञ्चालन गर्न कठिनाई भैहरेको छ ।

विहान ६ वजेदेखि अवरुद्ध भएको सडक सञ्चालनका लागि जनशक्ति सहित अत्यावश्यक सामाग्री तयारी अवस्थामा राखिएको भएपनि खहरे खोलाहरुमा पानीको सतह बढ्दै गएकोले काम सुरु गर्न कठिनाइ भैरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरिक्षक राम नारायण गुप्ताले खोलाहरुमा पानीको सतह बढ्दै गएकोले काम गर्न कठिनाई भएको जानकारी दिए ।खोलाहरुमा पानीको सहत घट्ला भन्दा बढ्दै गैहरेको छ, त्यसैले सडक कतिवेलादेखि सञ्चालन गर्न सकिन्छ केहि भन्न सकिने अवस्था छैन उनले भने । पूर्वपश्चिम राजमार्गको लाइफलाइन सडक अवरुद्ध हुँदा सयौ सवारी र यात्रुहरुको विचल्ली भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस