Skip to main content

Nirvik Khabar

गैँडाकोट नमूनामा २५ सदस्यीय बालक्लव गठन

Advertisements
Single Page Long - 2

गैँडाकोट । बालअधिकार संरक्षण तथा बालबालिकाको नेतृत्व विकासमा जोड दिँदै गैँडाकोट नमूना स्कुलमा बाल समूह गठन गरिएको छ। जसमा आशिका खड्काको अध्यक्षतामा २५ जनाको बाल समूह गठन गरिएको हो। समूहको उपाध्यक्षमा जेनित गुरुङ, सचिवमा सुपक मुखिया, कोषाध्यक्षमा जस्मिन पुरी र सह–सचिवमा समित सापकोटा चयन भएका छन्।

बाल समूह गठनसम्बन्धी बैठकले बालबालिकाको अधिकारका विषयमा सचेतना अभिवृद्धि गर्ने, विद्यालयमा बालबालिकाको सक्रिय सहभागिता बढाउने, नियमित बैठक सञ्चालन गर्ने तथा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको छ।

बैठकले विद्यालयलाई स्वच्छ तथा हरित विद्यालय बनाउन पहल गर्ने, बालबालिकाका लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने तथा विद्यालयमा बालअधिकारसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ।

बाल समूहका सदस्यहरूले आफ्ना अधिकार र जिम्मेवारीबारे जानकारी लिँदै विद्यालय तथा समुदायमा बालमैत्री वातावरण निर्माणका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
बालमैत्री स्थानीय शासनका सन्दर्भमा नगर सहजकर्ता जगन्नाथ उपाध्यायले अभिमुखिकरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस