चितवन – चितवनमा घर तथा जग्गा व्यवसायलाई प्रर्वद्धन गर्ने उद्धेश्यसहित बिल्ड नेपाल एक्स्पो २०२६ हुने भएको छ ।
निर्माण कम्पनी एसवन होम्स र भी ग्रुप इभेन्टस् प्रालीको संयुक्त आयोजनामा चितवन उद्योग संघ स्थित चितवन प्रर्दशनी केन्द्रमा यही आउदो मंसिर ११ देखि १३ गतेसम्म उक्त एक्स्पो हुन लागेको हो ।
घरजग्गाको कारोबार , भवन निर्माण एवं यसका लागि चाहिने निर्माण सामाग्री सम्बन्धी जानकारी दिने उद्देश्यले बिल्ड एक्स्पो आयोजना गर्न लागिएको एसवन होम्सका प्रबन्ध निर्देशक तथा एक्स्पोका संयोजक सुरज न्यौपानेले जानकारी दिनुभयो । देशकै केन्द्रविन्दु र हरेक क्षेत्रमा सम्भावना बोकेको चितवनलाई लक्षित गर्दै घरजग्गा कारोबारलाई गतिदिन यो एक्स्पो गर्न लागिएको संयोजक न्यौपानेले बताउनु भयो । हामीले अघिल्लो बर्ष पनि घर बनाउने मेला गर्यौं , त्यसमा प्रर्दशक तथा सेवाग्राही उल्लेखनीय साथ पायौं, संयोजक न्यौपानेले भन्नुभयो, हाल यसलाई परिमार्जित र विस्तार गरी बृहद रुपमा दोस्रो चरणको एक्स्पो आयोजना गर्र्न लागेका हौं ।घरजग्गा तथा घर निर्र्माण सामाग्री विक्रेता तथा क्रेतालाई एकै ठाउंँमा समेट्ने उद्धेश्य सहित एक्स्पो गर्न लागिएको उहांँको भनाई छ ।
घर तथा बसोबास निर्माणलाई गुणस्तरीय तथा सहज बनाउन सरकारी निकाय र निजीक्षेत्रको सहकार्य सहित एक्स्पो आयोजना गर्न लागिएको भीग्रुप इभेन्टसका अध्यक्ष विपिन कंडेलले जानकारी दिनु भयो । …मानिसको जिन्दगीको सपना र आवश्यकता भनेको आखिर घर जग्गामा आएर टुंगिन्छ , यसलाई थप व्यवस्थित र व्यवसायिक बनाउन मदत पुग्छ भनेर पनि एक्स्पो आयोजन गर्न लागेका हौं ।Ú कंडेलले भन्नुभयो ।
एक्स्पोमा अत्याधुनिक, बलियो, भुकम्प प्रतिरोधी, टिकाउ र सुन्दर घर बनाउनेबारे सम्पूर्ण जानकारी एकै ठाउँबाट लिन सकिनेछ । घर बनाउन चाहिने आवश्यक सामाग्री, सरकारी मापदण्ड र सुरक्षासम्बन्धी विषयमा पनि जानकारी गराइने उहांँले बताउनु भयो । हाल एक्स्पोलाई व्यवस्थित र उपलब्धीमुलक बनाउने बिषयमा सरोकारवाला संँग राय सुझाव संकलन भईरहेको आयोजकले जानकारी दिएको छ ।
तीन दिनसम्म चल्ने एक्सपोमा निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर, उपभोक्ता सर्वसाधारण, विद्यार्थीहरुलाई फाइदा पुग्ने विश्वास राखिएको छ । एक्स्पोमा सहभागी हुन उद्योगी , व्यवसायी बिक्रेता एवं सेवाग्राही तथा उपभोक्तालाई सहभागी हुन आग्रह गरिएको छ । प्रर्दशकले आफ्नो व्यवसायलाई प्रर्वद्धन गर्न समयमै स्टल बुकिङ्ग गर्न समेत आयोजकले अनुरोध गरेको छ । चितवन उद्योग संघ चितवन र भरतपुर महानगरपालिकाको समन्वयमा आयोजना हुने यो एक्स्पो चितवन एक्स्पो सेन्टरमा आयोजना गर्न लागिएको हो ।

































Discussion about this post